मनु यादव निरज - सिरहा । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी,तस्करी भइरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरी ल्याइएको समान पक्राउ गरे पनि सिरहाको कुसन्डी, झाझपट्टी, ठाडी,मरिकटाेल,अभयनगर , धाती नाकाबाट व्यापक रुपमा तस्करी भइरहेको पाइएको हो ।
तस्करहरूले सीमानाकामा बस्ने सुरक्षाकर्मी, लाई मोटो रकम दिई (महिनावारीकै रुपमा घुसबापतको अवैध रकम तिरी ) दिनभरि नाकाको वरिपरि भण्डारण गर्ने र रातभरि तस्करी गर्ने गरेको स्थानियहरु बताउँछन् । सीमानाकामा बसेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र सादा पोशाकमा खटाइएका प्रहरीहरू दिनभरि तस्करीको सामान नियन्त्रन गर्नुभन्दा पनि संरक्षणगरि तस्करको गोदामसम्म पुर्याउने गरेकाे आराेप छ ।
प्रहरी प्रशासन मिलेपछि यहाँ जे पनि सीमानाकाबाट वारपार गर्न सम्भव छ । प्रहरीको आँखा अगाडिबाटै सीमानाकाको विभिन्न बाटो प्रयोग गरि तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार हुने गरेकाे छ,' स्थानीय संजय कुमार यादवले बताए ।
उनले थपे, ’सिरहाको , कुसन्डी, झाझपट्टी, , लौकहाठाडी,मरिकटाेल र अभयनगर नाकाबाट अहिले दिनदहाडै तस्करहरूले यी नाकाहरुबाट चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल ) भित्र्याइन्छ र वारि (नेपाल)बाट व्यापक रुपमा मदिरा, सुपारी लगायतका सामग्रीहरु पारि (भारतीय बजार )पुर्याइन्छ ।'
नवराजपुरका स्थानीय पत्रकार दिपेश कुमार सिंहका अनुसार यस नाकाबाट रातभरि (भारतीय बजार )पारिबाट सामान ल्याएर टेम्पो, र मोटरसाइकल र साइकल मार्फत सिरहाको ठूलो बजार लहान, गोलबजार, मिर्चैयालगायतका बजारसम्म ढुवानी हुन्छ ।
सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन्,' सडक छेउमै घर भएका उनले भने, ‘तस्करीका सामान बोकेका गाडीको धुलोधुँवा र हर्नले राति र दिउँसो स्थानीयलाई सास्ती दिएकाे छ ।
तस्करी भइरहेकाे विषयमा जानकारी लिन खाेज्दा सिरहाका सशस्त्र
प्रहरी बल ठाडीका प्रहरी नायब उपरीक्षक निवन अधिकारीले भने हामीले समानहरू समाति रहेको छु , भन्सार बुझाइ राखेको छु र उनले थपे कुनै बेला लुकाइ छुपाइ जान्छ,हाेला त्यस्तै तस्करी भइरहेको विषयमा प्रहरी चाैकी ठाडीका ईन्चार्ज संदिव साहलाई सम्पर्क गर्न खाेज्दा उहाँको नम्बर बिजी बताए ।


















