उमेश कुमार साह - सप्तरीमा सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीकाे माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । देशभरका व्यवसायी व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।


 सुनचाँदी व्यवसायी सङ्घ सप्तरीको नेतृत्वमा नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासङ्घ सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।


 सुन चाँदी व्यवसायी संघ बोदे बर्साईन सप्तरीले बिहीबार बोदे बर्साईनमा पत्रकार सम्मेलन गरी व्यवसाय बन्द गरेर आफूहरू सडकमा आएको जनाएको छ।


आन्दोलनका कार्यक्रम अनुसार आज बोदे बर्साईनको स्थित बजारका सबै सुनचाँदी पसल बन्द गरिएका छन् । यसअघि सुनचाँदी व्यवसायीको टोलीले हिजो सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।आन्दोलनका कार्यक्रम अनुसार भोलि विरोध र्याली आयोजना गरिने जनाइएको छ ।


 सुनचाँदी व्यवसायी संघ बोदे बर्साईनका प्रतिनिधि मिथलेश कुमार यादवले उपभोक्तालाई मार पार्ने गरी सरकारले सुनमा विलासिता कर लगाएको बताउनुभयो । व्यवसायी सङ्घ सप्तरीका अध्यक्ष नारायण रन्जनले सम्पत्तिको रूपमा जोड्ने सुनमा विलासिता कर लागू हुनु कुनै पनि दृष्टिकोणबाट न्यायचित नहुने उल्लेख गर्नुभयो ।


सरकारले बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लागू गर्ने घोषणा गरेको थियो । बजेट मार्फत हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशतको मूल्य अभिवृद्धि कर समेत सरकारले घोषणा गरेको छ ।

received_697763082874228

पत्रकार सम्मेलनमा बोदे बर्साईन प्रतिनिधि यादवले सुनचाँदी व्यवसायीलाई कर लगाइए पनि उक्त कर उपभोक्ताले तिर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताउनुभयो । आजबाट सुरु भएको आन्दोलन २९ र ३० गते सम्म चल्ने प्रतिनिधि यादवले बताए ।