महाअष्टमीमा दशैंघर तथा पूजाकोठामा महागौरीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा गरिन्छ ।
महागौरीलाई सेतो वृषभमाथि सवार, गोरो वर्ण भएकी र श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ ।





















