ओमप्रकाश यादव सिरहाको भगवानपुर गाउँपालिका–२ स्थित लक्ष्मी नारायण कौशलिया जनता माध्यमिक विद्यालय, नहरा रिगौलको प्राङ्गणमा हाजिरीजवाफ प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम नहरा रिगौल मावि पुर्व विद्यार्थी मञ्चद्वारा आयोजित गरिएको थियो। यस प्रतियोगितामा ह.प्र. शा. मा.वि. इनर्वा, श्री ल.ना.कौ.ज.मा. नहरा र श्री बा.सु.मा.वि. भगवानपुरका टोलीहरू बीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट ज्ञान र प्रतिभा प्रदर्शन गरेका थिए, जसले प्रतिस्पर्धालाई रोचक र घमासान बनायो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूद्वारा विभिन्न खेलकुद प्रतियोगिता र मनमोहक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थिए। विद्यार्थीहरूले नृत्य, गीत र अन्य सांस्कृतिक गतिविधिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्दै कार्यक्रममा मनोरञ्जन थपे।

कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक, स्थानीय अभिभावक तथा समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमको उच्च प्रशंसा गर्दै यसले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न सहयोग पुर्याएको प्रतिक्रिया व्यक्त गरे।

कार्यक्रम आयोजक मञ्चका पदाधिकारीहरूले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै विद्यार्थीहरूको क्षमता विकास र प्रतियोगितात्मक भावना जागृत गराउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम समापनमा विजयी टोलीहरूलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गरियो। कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै आयोजकले सफलताका लागि सबै पक्षलाई बधाई ज्ञापन गरेका थिए।


















