रासिन्द्र यादव - सप्तरी । सप्तरीको खडक नगरपालिका वडा न. ४ को वडामा साक्षर वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।


खडक नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गंगाराम चौधरीको अध्यक्षता तथा खडक नगरपालिकाको प्रशासन शाखा प्रमुख रामाकान्त चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख समाज निर्माण नारा सहित भएको कार्यक्रम सम्पन्न भएको छ । 

1749955944743

खडक नगरलालिकाको आयोजना तथा खडक नगर युवा संजालको समन्वयमा साक्षरता वडा घोषणा गरिएको थियो।उक्त कार्यक्रमको बिशिस्ट अतिथी श्री जनता माध्यमिक  बिधालय पन्सेराको प्र. अ. दारा सिंह  चौधरी  अतिथि  वडा सदस्य राज नारायण साह, राजेन्द्र प्रसाद चौधरी , कार्यपालिका सद्स्य हस्तिका कुमारी  ठाकुर , जानकी कुमारी  पासमान, नगर संजालको अध्यक्ष  रक्की राज प्रभात चौधरी , नगर संजालको सदस्यहरु आरती कुमारी साह, मनिषा कुमारी चौधरी , मन्जुला कुमारी साह,स्वस्तीका कुमरी चौधरी , भावना कुमारी चौधरी लगाइतको उपस्थित रहेको कुरा  कार्यक्रम संचालक तथा खडक न. पा. शिक्षा शाखाको ब्रदान श्रेष्ठले  जनाएको छ । 

1749955942075 1