मनु यादव निरज - सिरहा । सिरहाको भगवानपुर गाउँपालिका वडा नं.१ भगवानपुर चाैकमा रहेको इलाका हुलाक कार्यलयकाे घर जिर्ण अवस्थामा रहेको छ।
झट हेर्दा खण्डहर जस्तै लाग्ने घरमा कार्यालय संचालन हुदैँ आएका छन्। नत कुनै ठाउँमा कार्यालयको बोर्ड समेत झुन्डिएको छैन। सेवाग्राहीलाई हुलाक कार्यालय खोज्न समेत समस्या हुने गरेको छ।

विगत १० वर्ष देखि जस्ता छाना र बाँसको भट्टाले बनेको जिर्ण घरबाट कार्यलय संचालन हुदैँ आएका छन्। हुलाकका अति आवश्यक कागजात व्यवस्थापनमा सधैं समस्या भइरहेको निमित्त प्रमुख नागेश्वर यादवले बताए । उहाँले भने कार्यलयकाे घर टुटेको पानी पर्दा कागजात भिजने र चाेरी हुने डरले बेलुका सबै कागजात घर लिएर जानुपर्ने हामीसंग बाध्यता रहेको सुनाए । उनले कागजात ओहरदोहरमा कहीले काहीं खोजेको बेला अति आवश्यक कागजातहरू समेत भेटाउन ग्राहो हुने गरेको बताए । 
इलाका हुलाक कार्यलय भगवानपुरमा कार्मचारी अभाव समेत रहेको छ। निमित्त कार्यालय प्रमुख यादवले भने पहिला गाउँ विकास समिति हुँदा सबै वडामा चिठी ओहरदोहर गर्ने हल्कारा
थियो। म र एउटा हल्कारा भरमा कार्यालय संचालन भई रहेको उनले बताए।
स्थानीय प्रविण यादवले भने जति चाडैं हुलाक कार्यालयले आफ्नो नयाँ भवन बनाई सेवा ग्रहीलाई स्तरीय सेवा दिनु पर्नेमा जोडदिनु पर्छ ।


















