मनु यादव निरज - सिरहा । सिरहामा ९ बर्षिय एक बालक ब्लड क्यान्सरबाट पीडित रहेका छन । बालककाे उपचारमा समस्या भएपछि उनका परिवारले आर्थिक सहयोग गर्नका लागि अपिल गरेको छ ।
जिल्ला सिरहाको भगवानपुर गाउँपालिका वडा नं.५ इनर्वा राजेश पासवानकाे छाेरा ९ वर्षका अक्षय कुमार पासवानकाे आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको लागि अपिल गरेको हो ।
ब्लड क्यान्सरबाट पीडित बालक अहिले बिपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारमा समस्या भएको बुवा राजेश पासवानले बताए ।
उनले भने ,‘ परिवारको आर्थिक अवस्था कमजोर भएकोले रकम जोहो गर्न सक्ने अवस्था छैन् । अझै पैसाको ठुलो आवश्यकता छ । मेरो पहिलो सन्तान छाेरालाइ बचाउन सके म बाचे जस्तै हुन्थ्यो । छाेराकाे उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्दछु ।’
देश विदेशमा रहेका मनकारी व्यक्ति तथा संघसस्थालाई सहयोग गरेर छाेराकाे ज्यान जोगाइ दिन सबैमा उनले अनुरोध गरे।
थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग लागि अभियान सञ्चालन गरेको चन्द्र नारायण यादवले बताए ।
उहाँलाई सहयोग गर्न चाहनेले मोबाइल नम्बर ९८१३९८५७५० मा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै NEPAL SBI BANK लिमिटेडमा उनको बुवा राजेश कुमार पासवानकाे नाममा रहेको खाता नम्बर A/C No.-23015249901384 खातामा रुपैयाँ जम्मा गर्न सक्नेछन् ।



















