डा. सीके राउत नेतृत्वको जनमत पार्टीले कानुन व्यवसायीहरूको संगठन गठन गरेको छ ।

अधिवक्ता उपेन्द्रकुमार साहको नेतृत्वमा जनमतले  ‘पेशागत कानुन व्यवसाय जनमत संघ’ बुधबार गठन गरेको हो ।

साहको नेतृत्वमा १२ सदस्यीय समिति गठन गरिएको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए ।

समितिको सहसंयोजकमा रञ्जितकुमार साह, सचिवमा रामछबिला यादव, सहसचिवमा राहुलकुमार रजक, कोषाध्यक्षमा  पिटरजंग कुँवर छन् । सदस्यहरूमा अधिवक्ताहरू हरिप्रसाद साह, घुरण साह, गौरीशंकर महतो, दिव्या सिंह, लक्ष्मी ठाकुर, काजल चौधरी र सुरेश सुनार छन्।

पेशागत कानुन व्यवसाय जनमत संघ पहिलो बैठकले पेशागत कानुन व्यवसाय जनमत संघको तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । साथै, विधान मस्यौदा समिति गठन गर्ने र जिल्ला तहमा कार्यसमिति गठन गर्ने निर्णय गरिएको  छ ।