चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको जिकिर गरेका छन् ।
पाकिस्तान भ्रमणमा रहेका वाङ यीले बिहीबार इस्लामावादमा पाकिस्तानका परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री इसहाक दारसँग संयुक्त पत्रकार सम्मेलनमा दुई देशको सम्बन्धले अन्य कुनै मुलुकलाई असर नगर्ने पनि बताए ।


















