सिरहा ।भूमि विधेयक विरुद्ध जनता समाजवादी पार्टी नेपाल सिरहाको लहानमा विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनको क्रममा जसपा नेपालका नेता कार्यकर्ताहरुले भूमि विधेयक विरुद्ध नाराहरु लगाएका थिए ।
पशुपति आदर्श मा .वि लहान बाट शुरु भएको विरोध प्रदर्शन लहानकाे विभिन्न चोकको परिक्रमा गर्दै लहान नगरपालिका वडा नं.१ तरकारी बजारमा पुगी कोणसभामा परिणत भएको थियो ।


















