सिरहा ।  हालै सम्पन्न Gen-Z आन्दोलनमा शहीद भएका युवाहरूको सम्झनामा भगवानपुर गाउँपालिकाका पुर्व अध्यक्ष श्री बेचन प्रसाद यादवकाे नेतृत्वमा भगवानपुर चाैकमा  गाउँपालिका का स्थानीय बासीहरू  श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका थिए ।


कार्यक्रममा सहभागी पुर्व अध्यक्ष बेचन प्रसाद यादवले र नेपाल सरकार बिना विभाग पुर्व मन्त्री राज लाल यादवले शहीद आत्माको चिरशान्तिको कामना गर्दै माेमबत्ती प्रज्वलन गरेका थिए। 


श्रद्धाञ्जली सभामा उपस्थितहरूले आन्दोलनमा ज्यान गुमाउने युवाहरूको बलिदान व्यर्थ जान नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।


भगवानपुर गाउँपालिका जसपा नेपालका  स्थानीय नेता र कार्यकर्ता र स्थानीय बुद्धिजीवी ,  युवाहरूले शहीदको योगदानलाई स्मरण रहने छ  ।