सिराहा – भदौ २४ गते बेलुकी भगवानपुर गाउँपालिकाको कार्यालयमा भएको आगजनी प्रकरणबारे नेकपा एकीकृत समाजवादीले गम्भीर प्रश्न उठाउँदै छानबिनको माग गरेको छ।


नेकपा एकीकृत समाजवादीका पार्टीका सिरहा  क्षेत्र नं. १ क्षेत्रीय अध्यक्ष तथा गाउँपालिकाका प्रमुख प्रत्ययासी उम्मेदवार चन्द्रनारायण यादवले आफ्नो फेसबुक आईडी बाट सार्वजानिक गर्दै भने, “जनताले एमाले नेताहरुले भ्रष्टाचार गरेर जनताको पैसा लुटेको कुरा अब सबै थाहा पाइसकेका छन्। आफूमाथि छानबिन हुन्छ भन्ने डरले गाउँपालिका अध्यक्षले आफ्ना मान्छे परिचालन गरी भवनमा आगो लगाएका हुन्।”


उनले आरोप लगाउँदै थपे, “भ्रष्टाचारको दाग लुकाउन एमाले अध्यक्ष आफैँ भारततर्फ भागेका थिए। तर अहिले एमाले कार्यकर्ताले दोष विपक्षी नेतामाथि थोपर्ने षड्यन्त्र गर्दै भ्रामक प्रचार गरिरहेका छन्।”


यादवले आगजनी प्रकरणप्रति आक्रोश व्यक्त गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन्। “यो केवल भवनमा आगो लगाइएको घटना मात्र होइन, जनताको सम्पत्तिमाथि गराइएको गम्भीर आपराधिक अपराध हो। दोषी जसले भए पनि कठोर कारबाही हुनैपर्छ,” यादवले चेतावनी दिएका छन्।


स्थानिय बासिन्दाले समेत आगजनी योजनाबद्ध देखिएको भन्दै चाँडो भन्दा चाँडो सत्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेका छन्।