सिरहा।  सिरहको भगवानपुर गाउँपालिका वडा नं.२ कार्यलयमा जेन-जी आन्दोलनको नाममा लिएर गएका सामान फिर्ता गर्न  गा .पा अध्यक्षले आग्रह गरेका छन् ।


1758086035135



गाउँपालिकाले मंगलबार सार्वजनिक गरेको सूचनामा भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले  भनिएको छ, “ मिति २०८२ भदौ २४ गतेको जेन-जी आन्दोलनको नाममा यस भगवानपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र वडा नं. २ को वडा कार्यालयमा भएको तोडफोड र आगजनीको क्रममा यदि कोही कसैले सिसिक्यामेरा, कम्प्युटर, प्रिन्टर लगायतका कार्यालयको अन्य सामग्रीहरु लिएर गएको वा प्राप्त गरेको भए ७ (सात) दिनभित्र गाउँ कार्यपालिकाको कार्यालय वा अस्थायी प्रहरी पोष्ट भगवानपुरमा बुझाउनुहुन अनुरोध गरेका छन् ।