कुलान्नद यादव - सिरहा, ।आज सम्पन्न भएको एकीकृत समाजवादी पार्टीको गाउँपालिका बैठकमा भादो २३/२४काे आन्दोलनका क्रममा सहिद भएका Gen-Z प्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरिएको छ।
बैठकमा उपस्थित नेताहरुले Gen-Z को बलिदानलाई व्यर्थ हुन नदिने प्रतिवद्धता जनाउँदै, युवाको साहस र योगदानलाई नेपालको सामाजिक–राजनीतिक परिवर्तनको आधारस्तम्भका रूपमा व्याख्या गरे।
स्थानीय नेताहरुले भने, “Gen-Z को तागत र आहुतीले हामीलाई भ्रष्टाचार, अन्याय र बेथितिविरुद्ध अझ सबल बनाएको छ। उहाँहरूको सपना पूरा गर्नु नै हाम्रो प्रमुख जिम्मेवारी हो।”
बैठकमा सहभागी सबैले एक मिनेट मौन धारण गर्दै सहिद Gen-Z आत्माको चीर शान्तिको कामना गरेका थिए। साथै, आन्दोलनमा सहभागी युवाहरूसँग निरन्तर साथ र सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरिएको छ।


















