मनु यादव निरज - सिरहा  । नेपालमा धेरै शक्तिशाली पीठहरु मध्ये मधेश प्रदेश काे सिरहा जिल्लामा पर्ने भगवानपुर गाउँपालिका वडा नं. १ भगवानपुर चाैक देखि ३०० मिटर पुर्वमा रहेको श्री बालासुन्दरी भगवती मन्दिरको प्राङ्गणमा आइतबारदेखि सरसफाइ सप्पन्न गरेको छ।



श्री ल ना कौ ज मा बि पुर्व बिधार्थी मञ्च द्वारा आयोजीत सरसफाइ कार्यक्रम अभियानका युवाहरुले बिहान ७:३० बजेदेखि दिउँसो ११ बजेसम्म मन्दिर परिषरमा सरसफाई गरेका थिए।


 युवा रुपान्तरणका विभिन्न लक्ष्य र योजना राखेको अभियानले आफ्ना कार्यक्रमहरु अब चरणबद्धरुपमा अगाडि बढाउने बताइएको छ। 


उनीहरुको अभियानमा भगवानपुर गाउँपालिका अन्तर्गत दर्जनौं युवाहरु सरसफाई गरी सहयोग गरेका थिए।




सरसफाई कार्यक्रममा बोल्दै अभियान कर्माी बिनाेद यादवले 

विभिन्न सामाजिक कार्यहरु गर्ने हाम्रो अभियानका साथीहरुको लक्ष्य रहेको बताए। अभियानले सरसफाई कार्यक्रमसँगै विभिन्न कार्यक्रमको एजेन्डा पछि पेश गर्ने यादवले बताए ।


त्यस्तै श्री ल ना कौ ज मा बि पुर्व बिधार्थी मञ्च पुर्व विधार्थी सराेज यादवले भने  हाम्रो अमुल्य सम्पदा क्षेत्रहरू जोगाउन पर्ने हेतुले सरसफाई अभियान सञ्चालन गरेको बताए। उनले भने अबको दिनहरुमा युवा पुस्ता नै अगाडि बढ्नुपर्नेमा जोड दिनु पर्छ।