मनु यादव निरज - लहान । बालासुन्दरी भगवती मन्दिरमा महानवीमका दिन बलि प्रदान जारी जारी रहेको छ।


 सिरहाको भगवानपुर गाउँपालिका वडा नं. - १ भगवानपुर स्थित  प्रसिद्ध शक्तिपिठ श्री बालासुन्दरी भगवती मन्दिरमा महानवीमका दिन बिहान ५ बजे देखि सुरु भएको  बिहान ९ बजे सम्म १२०० भन्दा बढी बोका बलि प्रदान भईसकेको र अहिले बलि प्रदान जारी रहेको  मन्दिरका पुजारी बिरेन चौधरी बताए ।


पुजारी चौधरीका अनुसार बालासुन्दरी मन्दिरमा बोका बली प्रदान गर्नका लागि नेपालीका साथै छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु आउने गरेका छन।