कुलानन्द यादब/सिरहा, असोज १९ । हालको लगातार वर्षाका कारण बलान नदीको पानी सतह बढ्दै गएकाले मलहनिया, दिघिया र बेल्ही क्षेत्रहरूमा बाढीको जोखिम बढेको छ। यसै कारण बलान बिहुल गाउँपालिकाले स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले आइतबार जारी सूचनामार्फत सोमबारसम्म वर्षा निरन्तर रहने अनुमान गरिएकोले विशेष गरी रातिको समयमा सजग र चनाखो रहनु आवश्यक रहेको बताउनुभएको छ।

अध्यक्ष यादवका अनुसार नदी आसपासका बस्तीहरू जोखिममा पर्न सक्ने भएकाले सम्भावित क्षतिबाट बच्न समयमै तयारी गर्नुपर्छ। उहाँले भन्नुभयो,

“सबै मिलेर सम्भावित विपद्को सामना गरौं, जनधनको क्षति हुन नदिन सबैले हातेमालो गरौं।”

गाउँपालिकाले बाढी जोखिम भएका क्षेत्रका नागरिकहरूलाई अनावश्यक रूपमा नदी किनारतर्फ आवतजावत नगर्न, पशुधन र बालबालिकालाई सुरक्षित स्थानमा राख्न र कुनै पनि समस्या परेमा तुरुन्त सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ।

☎️ आपतकालीन सम्पर्क नम्बरहरू:

गाउँपालिका प्रमुख खेमचन्द्र यादव – ९८४२५३५३७०

नेपाल प्रहरी – १००

सशस्त्र प्रहरी – १११४

प्रहरी चौकी मर्लनिया – ९८५२८२४१०३

प्रहरी चौकी बेल्ही – ९८५२८२४१०२

प्रहरी चौकी कोदरकट्टी – ९८५२८२४१०६

इप्रका कडरबोना – ९८५२८२३५००

बेल्ही बीओपी – ९८४५१३०७५५

रामनगर कोदरकट्टी बीओपी – ९८५१२७२३११

नगर प्रहरी – ५७६४२५७४२२