काठमाडौं । नेकपा एमालेले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहको नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ ।

प्रदेश सभामुख रामचन्द्र मण्डलका प्रेस सल्लाहकार अवधेश कामतका अनुसार आजै नेकपा एमालेको संसदीय दलको बैठकले सर्मथन फिर्ता लिने निर्णय गरेको छ । ८ असोजमा कांग्रेसले सरकारबाट समर्थन लिएपछि सिंह नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

अल्पमतमा परे पनि मुख्यमन्त्री सिंह राजीनामा दिन तयार देखिएका थिएनन् । स्रोतका अनुसार मुख्यमन्त्री सिंहले आजै (बुधबार) राजीनामा दिने एमालेलाई आश्वासन दिएका थिए । तर, मुख्यमन्त्रीले आज पनि राजीनामा नदिने, बरु २८ गते विश्वासको मत सामना गर्ने भनेपछि एमालेले समर्थन फिर्ता लिएको हो ।

यसअघि २८ भदौमै जनमतले समर्थन फिर्ता लिएको थियो ।