कुलान्नद यादव : सप्तरी । सप्तरीकाे, बलान बिहुल गाउँपालिका – कुशहा–बेल्ही सडक खण्ड अन्तर्गत चन्ही चौकदेखि बेल्ही तर्फको कालोपत्रे कार्य आज औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

बलान बिहुल गाउँपालिका अध्यक्ष खेम चन्द्र यादवले कार्यक्रमको उद्घाटन गर्दै समृद्ध बलान बिहुल निर्माणको यात्रामा सकारात्मक सोच राख्ने र सहयोग गर्ने सम्पूर्ण आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

यो सडक सुधार कार्यले स्थानीय बासिन्दाको आवत–जावत सहज बनाउने मात्र नभई, क्षेत्रको समग्र विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।