मनु यादव निरज: सप्तरी — जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ बाट डा. बबीसिंह यादवको नाम सिफारिस गरेको छ।
सोमबार बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले सर्वसम्मत रूपमा डा. यादवको एकल नाम सिफारिस गरेको जसपा सप्तरीका सचिव नीरज मुक्तिले जानकारी दिए।
उनका अनुसार पार्टीले संगठन सुदृढीकरण, जनसेवा र राजनीतिक अनुभवका आधारमा डा. यादवलाई उम्मेदवारका रूपमा अघि बढाउने निर्णय गरेको हो।
डा. बबीसिंह यादव हाल जसपा नेपालको केन्द्रीय समिति सदस्यसमेत रहेका छन्। उनी सामाजिक सेवामा सक्रिय रहँदै आएका नेता हुन्।
पार्टीले आगामी निर्वाचनमा सप्तरी–४ मा बलियो उपस्थिति जनाउने लक्ष्यसहित उम्मेदवार चयन प्रक्रिया अघि बढाएको जनाएको छ।


















