मनु यादव निरज : सिरहा,। सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं. ३ अन्तर्गत फुलबारी गाउँमा युवा नेता रामसुरेश यादवले आफ्नै निजी खर्चमा सडक मर्मत गराएका छन्। लामो समयदेखि बिग्रिएको सडकका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भइरहेको अवस्थामा यादवले अघि बढेर मर्मत कार्य गराएका हुन्।


स्थानीय तह निर्वाचन २०७९ मा जनमत पार्टीबाट वडाध्यक्ष पदका प्रत्यासी उम्मेदवार समेत रहेका यादव एक किसान परिवारका छोरा हुन्। सरल स्वभावका तथा समाजप्रति जिम्मेवार व्यक्तित्वका कारण उनी वडावासीबीच लोकप्रिय रहेको स्थानीय समाजसेवी चन्दन कामैतले बताए।


यादवले हालै

आफ्नो आम्दानीको ५० प्रतिशत रकम समाजसेवामा खर्च गर्ने औपचारिक निर्णय समेत गरिसकेका छन्।

उनले शिक्षा, स्वास्थ्य, सडक तथा विपन्न समुदायको सहयोगलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन्।


युवाको सक्रियता र निःस्वार्थ समाजसेवाका कारण अहिले नवराजपुर क्षेत्रमा रामसुरेश यादवको योगदानलाई लिएर सकारात्मक चर्चा चलिरहेको छ। स्थानीयले यस्तो कार्यले अन्य युवालाई पनि समाजसेवातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।