काठमाडौं – नेकपा एमालेले महोत्तरी निर्वाचन क्षेत्र नं ४ बाट पूर्व मुख्यमन्त्री तथा पार्टीका संसदीय दलका नेता सरोज कुमार यादवको टिकट रद्द गर्दै निलम अधिकारीलाई उम्मेदवार बनाएको छ।

एमाले महोत्तरीका जिल्ला अध्यक्ष बलिराम यादवले जानकारी दिए, “सरोज कुमार यादवलाई पार्टीले ब्याक गर्दै निलम अधिकारीलाई अघि सारेको हो। पार्टीको निर्णय सबैले मान्नुपर्छ र यसमा विवाद छैन।”

तर पार्टीकै एक नेताले भनेका छन् कि सरोजले अन्तिम समयमा पार्टीलाई धोका दिएको आरोप लाग्छ। उनका अनुसार, “सरोजजीको टिकट प्रारम्भदेखि नै सुरक्षित थियो। तर जीत सुनिश्चित नदेखेपछि उहाँले चुनाव लड्नबाट पछि हट्नुभयो। पार्टीले उनलाई ब्याक गरेको कुरा गलत हो।”

सरोज यादव हाल नेकपा एमालेका मधेश प्रदेशका संसदीय दलका नेता हुन्। उनी २०७९ सालको निर्वाचनमा महोत्तरी–४ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।