सिरहा । सिरहा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उर्जाशील नेता राम शंकर यादवले आज आफ्नो मनोनयन दर्ता गराएका छन्। लहानस्थित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुँदै यादवले आवश्यक कागजातहरू बुझाएर आधिकारिक रूपमा उम्मेदवारीको प्रक्रिया पूरा गरेका हुन्।
जनताको माझ वर्षौंदेखि सक्रिय रहेका यादव समस्या समाधान र विकासका महत्वपूर्ण मुद्दामा स्पष्ट दृष्टिकोण राख्दै आएका छन्। उनका उम्मेदवारीले सिरहा–१ मा नयाँ आशा, नयाँ दिशा र नवीन राजनीतिक संस्कारको सम्भावना देखाएको विश्लेषकहरूले बताएका छन्।
यस क्रममा यादवले मतदातासँग प्रत्यक्ष सम्पर्क गर्ने, क्षेत्रका स्थानीय विकास योजना अघि बढाउने र जनप्रतिनिधित्वमा पारदर्शिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। क्षेत्रीय राजनीतिक सक्रियताका कारण उनका समर्थक र पार्टी कार्यकर्ताहरूले पनि उम्मेदवारीको स्वागत गर्दै उत्साहजनक सहभागिता जनाएका छन्।


















