सिरहा, — जनता समाजवादी पार्टी, नेपाल जिल्ला कार्य समिति, सिरहाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव सम्बन्धमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला सचिव विन्द कुमार मण्डलद्वारा जारी प्रेस विज्ञप्तिमा उम्मेदवार यादवको उम्मेदवारी यथावत् कायम रहेको स्पष्ट पारिएको छ। साथै अन्य कुनै राजनीतिक दलसँग मिलेमतो रहेको भन्ने समाचार पूर्णतः भ्रामक, कपोलकल्पित र तथ्यहीन रहेको दाबी गरिएको छ।
विज्ञप्तिमा मौन अवधिमा योजनाबद्ध रूपमा गलत सूचना फैलाइएको उल्लेख गर्दै आम मतदाता, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई यस्ता भ्रामक प्रचारप्रति सचेत रहन आग्रह गरिएको छ। साथै फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन अपिल गरिएको छ।

पार्टीले लोकतान्त्रिक मूल्य र जनमतको सम्मान गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमहरूसँग पनि अनुरोध गरेको छ।


















