मनु यादव निरज : सप्तरी । मैथिली भाषा तथा साहित्यको संरक्षण र प्रवर्द्धनलाई लक्षित गर्दै बोदेबरसाइन नगरपालिकामा पाठ्यपुस्तक हस्तान्तरणसहित शैक्षिक पहल अघि बढाइएको छ।

1000073849 1

नगरप्रमुख आतेशकुमार सिंहले एक औपचारिक कार्यक्रमबीच स्थानीय सन्दर्भमा आधारित मैथिली पाठ्यपुस्तक “हमर बोदेबरसाई” र लेखक तथा अनुसन्धानकर्ता अजित माङ तामाङलाई हस्तान्तरण गरेका छन् ।


कार्यक्रममा नगरप्रमुख सिंहले मातृभाषाको विकास र संरक्षणका लागि स्थानीय स्तरमै यस्ता शैक्षिक सामग्रीको निर्माण आवश्यक रहेको उल्लेख गर्दै विद्यालय तहमा मैथिली शिक्षालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।



नगरपालिकाले आगामी दिनमा पनि मैथिली भाषा तथा साहित्यको प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।


त्रिभुवन विश्वविद्यालयसँग आबद्ध तामाङ भाषा विज्ञान, व्यवस्थापन (एमबीए) तथा विद्यावारिधि (पीएचडी) अनुसन्धानमा संलग्न रहनुका साथै विद्यालय तहमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका छन्।

1000073854


कार्यक्रममा सामाजिक अगुवा धिरेन्द्र प्रेम महर्षि, स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले मातृभाषा संरक्षणका लागि स्थानीय तहबाट यस्ता ठोस पहल आवश्यक रहेको धारणा व्यक्त गरे।


यसै सन्दर्भमा काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेशन (KUSOED) ले सञ्चालन गरिरहेको एक वर्षे Post Graduate Diploma in Education in Maithili Language Teaching (PGDE-MLT) कार्यक्रमबारे जानकारी गराइएको छ। उक्त कार्यक्रममार्फत विद्यालय तहका लागि दक्ष मैथिली भाषा शिक्षक उत्पादन गर्ने लक्ष्य राखिएको छ।

1000073849


कार्यक्रमले भाषिक सीप अभिवृद्धि, पाठ्यक्रम विकास तथा शिक्षण–सिकाइ पद्धतिमा व्यावहारिक दक्षता विकासमा केन्द्रित रहने जनाइएको छ।


यससँगै KUSOED ले बोदेबरसाइन नगरपालिकाबाट एक जना योग्य विद्यार्थीका लागि पूर्ण शुल्क छात्रवृत्ति उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ। 


छात्रवृत्ति प्राप्त विद्यार्थीले अध्ययन सम्पन्न गरेपछि कम्तीमा एक वर्षसम्म सम्बन्धित पालिकामा निःशुल्क रूपमा मैथिली भाषा शिक्षण तथा तालिम सञ्चालन गर्नुपर्ने शर्त रहनेछ।