सप्तरी । सप्तरी जिल्लाको खडक नगरपालिका–५ रंजितपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
धरानबाट लहानतर्फ जाँदै गरेको को.१ च २६६७ नम्बरको पिकअप भ्यानलाई प्रहरी चौकी विसनपुरको टोलीले शंका लागेर जाँच गर्दा गाडीको फल्स बटमभित्र लुकाइएका १४ वटा पोका फेला परेको थियो। ती पोकाबाट करिब १४१ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा धनकुटाको साँगुरीगढी गाउँपालिका–१ निवासी ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङको लेटाङ नगरपालिका–५ निवासी ४७ वर्षीय बलबहादुर लिम्बु पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका दुवैमाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















