सिरहा : सिरहाको लहान नगरपालिका–१३, सरस्वतीस्थित रामटोलमा २० लाख रुपैयाँको लागतमा सडक ढलान निर्माण कार्य सम्पन्न भएको छ।
मधेश प्रदेश सरकारका निर्वतमान अर्थमन्त्री माननीय महेश प्रसाद यादवको निर्देशन तथा विशेष पहलमा, युवा नेता सन्तोष कुशवाहा र प्रमेश्वर यादवको सक्रिय समन्वयमा उक्त योजना सम्पन्न भएको जनाइएको छ।
निर्माण सम्पन्न भएसँगै वर्षौंदेखि धुलो, हिलो र आवागमनको समस्याबाट प्रभावित स्थानीय बासिन्दाले सहज यात्रा गर्न पाउने अपेक्षा गरिएको छ। स्थानीयका अनुसार सडक निर्माणले दैनिक आवागमन मात्र नभई शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
योजनाको कुल लागत २० लाख रुपैयाँ रहेको बताइएको छ। स्थानीयवासीले विकास निर्माणमा सहयोग पुर्याउने सबै पक्षप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै जनमुखी योजनालाई निरन्तरता दिन आग्रह गरेका छन्।




















