मनु यादव निरज : सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–३ धाँतीस्थित दशगजा नजिकबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको २१ लाख २७ हजार २१० रुपैयाँ बराबरको मदिरा र भारतीय नम्बर प्लेटको कार सशस्त्र प्रहरीले बरामद गरेको छ।

IMG-20260723-WA0007

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार बिहीबार बिहान करिब ७:०५ बजे सीमा सुरक्षा गुल्म हेडक्वार्टर इनर्वाबाट सशस्त्र प्रहरी निरीक्षक रामेश्वर रामको कमाण्डमा खटिएको ९ सदस्यीय मोबाइल गस्ती टोलीले विशेष गस्तीका क्रममा उक्त कार नियन्त्रणमा लिएको हो।

IMG-20260723-WA0006

प्रहरीका अनुसार DL 7CH 9792 नम्बरको भारतीय नम्बर प्लेट भएको सेतो मारुती सुजुकी कारमा मदिरा राखेर नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गर्दा गस्ती टोली पुगेपछि चालक कार र सामान छाडेर फरार भएका थिए।

बरामद गरिएको सामानमा ५८ कार्टुन कस्तुरी मदिरा, ७ कार्टुन अर्ना क्यान बियर, ३ कार्टुन बाह्रसिङ्गे बियर तथा १३ बोतल ब्ल्याक AOK मदिरा रहेका छन्। बरामद कारको अनुमानित मूल्य २० लाख रुपैयाँ र मदिराको मूल्य १ लाख २७ हजार २१० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

IMG-20260723-WA0008

फरार चालकको खोजी भइरहेको तथा बरामद गरिएको कार र मदिरा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको एसपी थापाले जानकारी दिए।