काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्दा चाँदीको मूल्य ५० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ९३० रुपैयाँ निर्धारण गरिएको छ।

बुधबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ र चाँदी ३ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।