सप्तरी ।सप्तरीको बोदेबरसाइन नगरपालिका–१० श्रीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका नेता–कार्यकर्तासहित सयौँ जना जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
जसपा नेपालको श्रीपुर टोल कमिटीले आयोजना गरेको कार्यक्रममा रास्वपाका युवा नेता तथा वडा कमिटी सचिव लालकिशोर मण्डल र नेकपा एमालेका वडा कमिटी अध्यक्ष बिहारी मण्डलको नेतृत्वमा स्थानीय युवा, महिला तथा बुद्धिजीवीहरू जसपा नेपालमा प्रवेश गरेका हुन्।

कार्यक्रममा पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादव प्रमुख अतिथि तथा बोदेबरसाइन नगरपालिकाका मेयर आतेश सिंह विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको अध्यक्षता श्रीपुर टोल कमिटीका अध्यक्ष नथुनी मण्डलले गरेका थिए।
कार्यक्रममा नवप्रवेशीहरूलाई जसपा नेपालमा स्वागत गर्दै पार्टीले उनीहरूको प्रवेशले संगठनलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा स्थानीय युवा, महिला तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।



















