काठमाडौंइन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्लीले आफ्नो अपराजित यात्रा कायम राख्दै रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गए राति भएको खेलमा दिल्ली ६ विकेटले विजयी भएको हो ।

सुरुवाती ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १७.५ ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएर लक्ष्य पूरा गरेको हो ।

दिल्लीका लागि केएल राहुलले अविजित ९३ रन जेड भने त्रिस्टान स्टबसले अविजित ३८ रन जोडे । अक्षर पटेलले १५ रन बनाए । दिल्लीका लागि विपराज निगम र कुलदीप यादवले २/२ विकेट लिए । मुकेश कुमार र मोहित शर्माले पनि १/१ विकेट लिए ।

यसअघि बैंगलुरुका लागि फिल साल्टले ३७ र विराट कोहलीले २२ रन बनाउँदा रजत पाटीदारले २५ रनको योगदान दिए । त्यस्तै कुणाल पाण्ड्याले १८ रन बनाउँदा टिम डेभिडले ३७ रन जोडे । बैंगलुरुका लागि भुवनेश्वर कुमारले २ विकेट लिँदा यस दयाल र सुयस शर्माले १/१ विकेट लिए ।

आईपीएलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै छ ।