उमेश कुमार साह : सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर -५ बजार स्थित श्री हरिशंकर मन्दिरको प्राङ्गणमा सामुदायिक भवन निर्माण हुने भएको छ । मधेश प्रदेश सरकारको सहयोगमा निर्माण हुने उक्त सामुदायिक भवनको सोमबार आयोजित एक कार्यक्रमको विच मधेस प्रदेशसभा सदस्य अनिरुद्व कुमार सिंहले शिलान्यास गरेको हुन् ।1744713847464

सामुदायिक भवन शिलान्यास कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष मोजिबुर रहमान ,स्थानीय नेता खगेन्द्र प्रसाद यादव , ब्यापारी प्रमोद साह , राधेश्याम भगत , प्राविधिक इन्जिनियर रुद्र नारायण पन्डित , सब इन्जिनियर अजय कुमार चौधरी  लगायत वडाका भद्र- भालादमी ,बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिति रहेको थियो । 

मधेश प्रदेश सरकारको ३० लाखको लागतमा मन्दिर प्राङ्गणमा  सामुदायिक भवन निर्माण गरिने उपभोक्ता समितिका अध्यक्ष अनिल प्रसाद सिंहले बताए । भवन निर्माण कार्य जेठ ३१ भित्र सम्पन्न गरिने उनले जानकारी दिए ।