अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ ।  त्यसको असर स्थानीय बजारमा पनि परेको छ । 

मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

स्थानीय बजारमा सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ ।  मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।