कुलान्नद यादव - सिराहा । तराई मधेशका जिल्लाहरूमा इस्लाम धर्मावलम्बीले मोहरममा आयोजना गर्ने ताजिया (दाहा) मेलाको रौनक देखिएको छ ।


इस्लाम धर्मका लागि ज्यानको आहुति (बलिदानी) दिने हजरत इमामे हसन र हजरत इमामे हुसेनको सम्झानामा यहाँका मुस्लिम सामुदायहरू इस्लामिक महिना मोहरममा ताजिया (दाहा) मेलाको आयोजना गर्दै आएका छन् । दाहा मेला मुस्लिम समुदायले लगाए पनि त्यसमा हिन्दु समुदायका व्यक्तिहरू उल्लेखनीय संख्यामा सहभागी हुने गर्छन् ।


सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं. -५ कुर्सन्डी गाउँ र भारत बिहार घाेडमाेहना सिमानाकाे मध्य बिन्दुमा मुस्लिम समुदायले सहित देशका विभिन्न स्थानमा ताजिया (दाहा)मेला मनाएका छन् । हरेक वर्षझैँ यस वर्ष पनि अ-आफ्नो घरबाट बनाएका दाहा राखेर दाहा मनाईएको छ।


नवराजपुर गाउँपालिका , भगवानपुर गाउँपालिका ,भारत बिहार घाेडमाेहना सिमानाकाे मध्य बिन्दुमा मुस्लिम समुदायले  (दाहा)मेला मनाएका छन् । सो स्थलमा युवाले विभिन्न प्रकारका कलात्मक खेल प्रदर्शन गर्ने गरेको थियो । दाहा मेलामा मुस्लिम समुदायका महिलाहरुले हसन हुसेनको सम्झनामा गीत गाउने पनि परम्परा रहेको छ । 


इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको रक्षाका लागि आफ्नो ज्यानको कुर्बानी (बलिदानी) दिएका थिए ।


 हुसैनकी आमाले पढेको नवाज अल्लाहले सबैभन्दा बढी मन पराउने भएकाले नवाज पढ्ने समयमा सधैँ हुसेन रोइरहेपछि फरिस्ताले अल्लाहले आग्रहमा नवाज सुन्न बाधा नपरोस् भनी जन्नत घुमाउँदासमेत हुसेन रुन नछाडेपछि अल्लाहले तिमी किन रोइरहेको भनी प्रश्न गरे थिए ।


 हुसैनले हर्जरत मोहम्मदका उम्मद (अनुयायी) सीधै जनता जान पाऊन् भनी माग गरेपछि अल्लाहले तिमी कर्रवला बग्दादमा शहीद हुन तयार छौ भने मात्र म तिम्रो इच्छा पूरा गर्नेछु भनी वाचा गरेपछि मोहर्रमको नवमीको रात हुसैनको कतल गरी मोरम दशमीको दिन शहीद भएको सम्झनामा यो पर्व मनाइन्छ ।