रूसको कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस–३१ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा सफलतापूर्वक अवतराण भएको छ । रूसको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले आइतबार आफ्नो वेबसाइटमा यसबारे जानकारी गराएको छ ।

स्वचालित डकिङ (शनिबार २१२५ जीएमटी) मस्को समय अनुसार १२ः२५ बजे आइएसएसको रूसी खण्डमा रहेको पोइस्क मिनी–रिसर्च मोड्युलमा भएको थियो । अन्तरिक्ष यान १६७ दिनसम्म कक्षामा रहने तालिका छ ।

सोयुज–२.१ए क्यारियर रकेटमा बिहीबार बैकोनुर कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको प्रोग्रेस एमएस–३१ ले आइएसएसमा कुल दुई हजार ६ सय २५ किलोग्राम कार्गो पु¥यायो । ढुवानीमा चालक दलका लागि एक हजार दुई सय ५ किलोग्राम सुख्खा सामान, स्टेशन इन्धन भर्नका लागि ९५० किलोग्राम प्रोपेलेन्ट, ४२० किलोग्राम पिउने पानी, र स्टेशनको वायुमण्डललाई पुनःपूर्ति गर्न ५० किलोग्राम नाइट्रोजन समावेश छ ।

यसको अतिरिक्त, अन्तरिक्षयानले वैज्ञानिक उपकरणहरू पुर्‍यायो जुन अन्तरिक्ष विज्ञानका विभिन्न क्षेत्रहरूमा अनुसन्धानको लागि प्रयोग गरिनेछ ।

गोरखापत्र अनलाइन