सिमा झा - सिरहा । मधेस प्रदेश सहितकाे सिरहा जिल्लामा रोपाइँ गरेर धानबाली र राेपाइका लागि पानी पर्खेमा किसानलाई धेरै राहत भएको छ । साेमबार दिउँसोनै मुसलधारे वर्षा भएपछि सिरहाको भगवानपुर र नवराजपुर गाउँपालिकाका किसानलाई राहत महसुस भएको हो ।
पानी नपर्दा खेतको धान सुक्न थालेको थियो र राेपाइ पनि प्रभावित भएको थियो । आली भर्ने गरी पानी परेपछि भने धेरै राहत भएको नवराजपुर गाउँपालिका वडा नं.३ जगतपुर गाउँका स्थानीय राकेश कुमार यादवले बताउनुभयो । पानी नपर्दा खेतमा धाँजा फाटिसकेको थियो’, उहाँले भन्नुभयो। ‘लामो पर्खाइपछि परेको पानीले धानलाई धेरै राम्रो गर छ र राेपाइमा पनि राहत भेटेको छ।
वर्षाले चर्को घामको रापबाट राहत भएको छ । लगातारको प्रचण्ड रापले चरण क्षेत्रमा सुकेका घाँस अब पलाउने र गाई भैंसी चराउन पाइने पशुपालक किसानले आश सँगालेका छन् ।
पानीले घाँससमेत छिटो पलाउने भएकाले यहाँका पशुपालक किसानसमेत उत्साहित भएका छन् ।


















