संताेष यादव - लहान । सिरहाको भगवानपुर गाउँपालिका वडा नं.३ अभयनगरमा निःशुल्क आँखा परीक्षण गरिएको छ । वडा कार्यलयमा गरिएको शिविरमा ८० बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।
जनता आँखा उपचार केन्द्र नवराजपुरका सहयोमा ए.बी मिडिया हाउस प्रा.लि द्वारा संचालित Abnews24k अनलाइन टेलिभिजन र ए.बी न्युज २४ के राष्ट्रिय दैनिक पत्रिकाकाे
आयाेजकमा गरेको शिविरमा बिरामीले निःशुल्क स्वास्थ्य उपचार गराएका हुन् । जसमध्ये ११ जनामा मोतियाविन्दु समस्या देखापरेको जनता आँखा उपचार केन्द्रका दृष्टि विशेषज्ञ माेहन
चन्द्र साहले बताउनुभयो ।
एकै पटक वार्डमा यति धेरैमा मोतिया विन्दु देखा पर्नाले मोतियाविन्दुको भयावह स्थिति देखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आँखा परीक्षण शिविरमा आएका करिब २२ प्रतिशतमा मोतियाविन्दु देखा परेको छ । बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारको लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु दृष्टि विशेषज्ञ माेहन
चन्द्र साहले बताए ।
भगवानपुर गाउँपालिमा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपरोस् भन्ने उद्देश्यका साथ वडामा निःशुल्क आँखाजाँच गरिएको ए.बी मिडिया हाउस प्रा.लि द्वारा संचालित Abnews24k अनलाइन टेलिभिजन र ए.बी न्युज २४ के राष्ट्रिय दैनिक पत्रिकाका अध्यक्ष निरज कुमार यादवले बताउनुभयो ।
ए.बी मिडिया हाउस प्रा.लि द्वारा संचालित Abnews24k अनलाइन टेलिभिजन र ए.बी न्युज २४ के राष्ट्रिय दैनिक पत्रिका कार्यकारी अधिकृत कुलान्नद यादवले अन्य वडामा पनि निःशुल्क आँखा शिविर गर्ने योजनासाथ अघि बढेको उहाँले बताउनुभयो ।


















