संताेष यादव - सप्तरी । अवैधरूपमा भारत निकासी गर्न लागेको १६ लाखभन्दा बढी मुख्य बराबरको मदिरासहित ४ वटा मोटरसाइकल र  ३४ वटा साइकल  प्रहरीले नियन्त्रणमा लिएको छ । 


 जिल्ला सप्तरी राजगढ गा.पा. वडा न. २ कमलपुर गाउँ स्थितमा अवैध रुपमा मदिराजन्य चिजबस्तु स्टोर गरी राखि भारत तर्फ बिक्री वितरण गरी रहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्र.उ. गौतम कुमार के.सी., प्र.नि. विरेन्द्र कुमार यादव तथा प्र.चौ. झुट्की सप्तरीवाट प्र.व.ना.नि. हरिष बहादुर चन्द र स.प्र.बल नेपाल बोडर आउट पोष्ट बनैनिया सप्तरीबाट स.प्र. नि. गणेश बहादुर न्यौपाने समेतको संयुक्त टोली उक्त स्थानमा खटी गई मामाश्री/दिलवाले- ६४१ काटुन खुल्ला ४१० पिस, कर्णाली गोल्ड ५ काटुन खुल्ला २४० पिस, कस्तुरी रक्सी - ४३ काटुन २५ पिस खुल्ला, KING fisher Beer Can - ४७ काटुन, BRIX रक्सी ४ काटुन, गोर्खा वियर CAN - २० काटुन, अर्ना वियर CAN-३ काटुन, र मदिरा ओसार पसारमा प्रयोग भएका ४ थान मोटरसाईकल तथा ३४ थान साईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। 


१६ लाख ४५ हजार ९१५ रूपैयाँ बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यलय सप्तरीका सुचना अधिकारी प्र.ना.उ. जितेन्द्र कुमार बस्नेत जानकारी गराएका छन् ।