ललितपुर - चलचित्र ‘झरीपछिको इन्द्रेणी’को आज शुभमुहूर्त गरिएको छ । ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा शुभमुहूर्त गरिएको हो ।
पशुपति शिवजी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गर्न लागिएको चलचित्रलाई कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्न लगेका हुन् । चलचित्रमा रमेश उप्रेती, निर्मल शर्मा, दिपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्यलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा कथा कुमार बेन्जन्कारको रहेको छ । पटकथा गणेश कार्कीको रहेको छ ।
निर्माण पक्षका अनुसार चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको एउटा र्याप रहनेछ ।
यसमा दीपाश्री निरौला, रमेश उप्रेती, गणेश उप्रेती, निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारहरू समावेश भएका छन्। खासगरी अभिनेता गणेश उप्रेती फिल्मको लागि अमेरिकाबाट नेपाल फर्किसकेका छन् भने निर्देशक अर्जुन घिमिरे आफैं पनि यस फिल्ममा अभिनय गर्नेछन्।
अर्जुन घिमिरे विगतमा चर्चित टेलिसिरियल ‘सक्किगोनि’ मा सक्रिय थिए भने सोही टिमले बनाएको फिल्म ‘लाज शरणम्’ मा उनले कार्यकारी निर्माता र कलाकारको भूमिकामा काम गरेका थिए। त्यो फिल्म कुमार कट्टेल ले निर्देशन गरेका थिए।निर्माणपक्षले छिट्टै फिल्म सम्बन्धी औपचारिक जानकारी सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ।


















