संताेष यादव - सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकाको बेरुजु रू ३७ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा रु. १करोड २६लाख ८० हजार बेरुजु थपिएसँगै कुल ३७ करोड ४४ लाख  ६१ हजार बेरुजु पुगेको हो । सुसाशानको कुरा गर्ने विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवको पालिकामा बेरुजुकाे चाङ्ग थपिए सँगै आर्थिक वर्ष २०८०/०८१ मा आर्थिक प्रशासन नेतृत्व गरेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्द थिए।


यस्तै गाउँपालिकाले एकीकृत वित्तीय विवरण अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त गरी खर्च भएको सामाजिक सुरक्षा तथा संरक्षणको रु.१० करोड ९५ लाख ८५ हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु.४५ लाख ७९ हजार, गरिबसँग विश्वेस्वर कार्यक्रमको रु. ७ लाख ३० हजार र शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको रु.३ लाख ६ हजार समेत गरी रु.११ करोड ५२ लाख लेखा परीक्षण गराएको  छैन। 


तिन करोड संघीय संचित कोषमा फिर्ता 


गाउँपालिकाको लागि संघीय सरकारबाट ससर्त अनुदान रू. १३ करोड १३ लाख ३९ हजार, समपूरक अनुदान रू.७५ लाख र विशेष अनुदान रू.१ लाख ५६ हजार समेत रू.१३ करोड ८९ लाख ९५ हजार प्राप्त भएकोमा वर्षान्तसम्म खर्च हुन नसकी रू.३ करोड ७८ लाख ३० हजार बचत रहेको छ । उक्त बचत रकम मिति २०८१।०३।३१ र २०८१।०६।२१ मा संघीउ सञ्चित कोषमा फिर्ता गरेको छ । संघबाट प्राप्त भएको अनुदान रकम खर्च हुन नसक्दा स्वीकृत कार्यक्रम कार्यान्वयनमा असर परेको छ भने पालिकामा  विकासको असर परेको छ।


गाउँपालिकाको रु.८१ करोड १३ लाख ७१ हजारको लेखापरीक्षण गरिएकोमा रू.१ करोड ३४ लाख ५४ हजार बेरुजू देखिएको छ। सो सम्बन्धमा  प्रतिक्रियाबाट प्राप्त रू. ३४ लाख ८१ हजारकाे बेरुजु फस्यौट भई बाँकी प्रमाण कागजात पेश गर्नुपर्ने रू.७३ लाख १५ हजार नियमित गर्नुपर्ने रु.१३ लाख १८ हजार र पेस्की बाँकी रु. १३ लाख ४० हजार समेत यष वर्ष रू.१ करोड ३४ लाख ५४ हजार बेरुजु कायम रहेको छ । पालिकाको गत वर्षसम्म रु.३६ करोड २७ लाख ७८ हजार बेरुजु बाँकी रहेकोमा यो बर्ष समायोजन र सम्परीक्षणबाट रु.१ करोड ४४ लाख ५१ हजार फछ्यौट रु. १ करोड २६ लाख ८० हजार थप बेरुजु कायम भई हालसम्मको अद्यावधिक बेरुजु रु. ३७ करोड ४४ लाख ६१ हजार रहेको छ ।