झापा : मोटरबाट सिँचाई गर्ने क्रममा करेन्ट लागेर झापामा एक महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा गौरादह नगरपालिका– ४ जोरघरेका ५४ वर्षीया चन्द्रमाया नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीका अनुसार घरदेखि १० मिटर पूर्वोत्तरमा रहेको मोटरबाट खेतमा सिँचाई गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।