हेटौँडा सिमेन्ट उद्योगको रिक्त दुई सञ्चालक सदस्यमा ओमकुमार स्याङतान र भूपेन्द्र सिंह रावल सिफारिस भएका छन् ।
उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले उनीहरूको नाम सिफारिस गरेको जनाएको छ ।
मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ बमोजिम गठित सिफारिस समितिको निर्णयअनुसार राक्सीराङ गाउँपालिका–४ मकवानपुरका स्याङ्तान र हेटौँडा उपमहानगरपालिका ९ का रावललाई सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।


















