सप्तरी । उमेश कुमार साह । सप्तरीको बोदे बर्साईन नगरपालिका -५ स्थित सानिमा बैंक लिमिटेड शाखा कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ईलाका प्रहरी कार्यालय बोदे बर्साईनलाई १८ थान फ्लोरेसेन्ट ज्याकेट प्रदान गरेको छ ।
सानिमा बैंक लिमिटेड शाखा कार्यालयका प्रमुख अभिसेक गुप्ता सहितको उपस्थितिमा प्रहरी कार्यालय प्रमुख कटुवाल लाई आज सो सामग्री हस्तान्तरण गरिएको हो ।
शाखा कार्यालय प्रमुख गुप्ताले आम जनताको सुरक्षार्थ अहोरात्र खटिरहेको र प्रहरी हाम्रो साथी भएको कुरा सो वृत्तले प्रस्तुत गरेको बताए । प्रहरी बरिस्ठ नायब निरीक्षक मोहनमनी कटुवालले रात्रिकालीन समयमा प्रहरी जवान मैदानमा खटिनुपर्ने र फ्लोरोसेन्ट ज्याकेटको अभावमा प्रहरी जवानको दुर्घटना भई मृत्युसमेत भएको हुँदा सो सहयोगले उत्साह मिल्ने बताए ।


















