३१ औं आदिवासी दिवसको  अवसरमा काठमाडौँमा विशेष कार्यक्रम भएको छ । वसन्तपुरमा भेला भएको र्‍याली हनुमानढोका क्षेत्रमा पुगेर सभामा परिणत भएको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भइरहेको औपचारिक कार्यक्रममा आदिवासी जनजातीका अगुवाको बाक्लो उपस्थिति छ ।