थापाका अनुसार बेलीब्रीजमा प्रयोग गरिएका थुप्रै नट–बोल्टहरू लुज भएका छन् । लुज भएका नट–बोल्ट कस्ने र आवश्यक परे नयाँ फेर्ने काम भइरहेको छ ।

सवारी आवागमनमा लामोसय अरोध नहुने गरी पुल मर्मतको काम भइरहेको थापाले बताए । ‘पुलमा कुनै क्षति नभएको भए पनि समय समयमा मर्मत आवश्यक पर्छ सोही अनुसार अहिलेको मर्मत भएको हो, केही घण्टा काम गर्दै आएका सवारी साधनलाई पास गर्दै पठाउने गरी मर्मतको काम भइरहेको छ’, उनले भने ।

गत वर्षको असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले पुलको ५१ मिटर भाग बगाएपछि उक्त बेलीब्रीज  राखिएको हो । गत कात्तिक ६ गतेदेखि  सो बेलिब्रिज सञ्चालनमा ल्याइएको हो । नेपाली सेनाले आपतकालीन अवस्थाको मूल्यांकन गरी छोटो समयमा बेलीब्रीज जडान गरेको थियो ।

खुर्कोट पुल रामेछाप र सिन्धुलीको भौगोलिक सीमानामा रहेको महत्वपूर्ण पूर्वाधार हो । जसले पहाडी जिल्लाइ तराइ र राजधानी काठमाडौंसँग जोडेको छ ।