त्रिभुवन राजपथको भैंसे–सिमभञ्ज्याङ सडक खण्ड पहिरोका कारण शनिबार बिहानैबाट अवरुद्ध बनेको छ।

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडास्थित सडकखण्डमा माथिबाट ढुङ्गासहित रुखहरु खसेर सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।