• लुम्बिनी सांस्कृतिक नगरपालिकाको भगतपुरवा र भैसहियाबीचमा गत जेठ २५ गते राति 'गाई तस्करी भइरहेको देखेपछि' राम सुभग यादवले सोधपुछ गर्न खोज्दा उनी आक्रमणमा परेको विवरणहरू सार्वजनिक भयो। गाई संरक्षणमा लागेका र हिन्दूवादी संस्थाहरूले 'गाई तस्करीविरुद्ध काम गर्दै आएका यादवमाथि साङ्घातिक हमला भएको' बताएका छन्।
      • पाल्पाको रामपुर इलाका प्रहरीले गत वैशाख ८ गते रामपुर-नवलपरासी काली गण्डकी कोरिडोर सडक खण्डमा ११ वटा गोरु नियन्त्रणमा लिन्छ। भोलिपल्ट उसले फेसबुक पेजमा दुईवटा गाडीमा लग्दै गरिएका ती गोरुलाई 'निर्ममतापूर्वक यातना दिई लैजाँदै गर्दा' पक्राउ गरिएको जनाएको छ। प्रहरीले ती गोरु अर्घाखाँचीबाट तनहुँको आँबुखैरेनी तर्फ लगिरहेका बेला नियन्त्रणमा लिइएको बताएको छ।
      • 'वैदिक सनातन धर्मको संरक्षण तथा संवर्द्धनको पक्षमा' भनेर सक्रिय सङ्गठन महाकाल युवा शक्ति नेपालले गत वर्ष मङ्सिर ३० गते आफ्नो फेसबुकमा गोरु तस्करीसँग सम्बन्धित भनेर एउटा भिडिओ राखेको छ। जसमा कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ मा गोरु 'तस्करी' गर्न लागिएको ट्रक रोकेर प्रहरीलाई जिम्मा लगाइरहेको भन्दै गोरु, ट्रक र प्रहरीको दृश्य कैद छ।
      • प्रहरीले पूर्वी नवलपरासीस्थित दाउन्नेमा गत वर्ष असोज ४ गते १५ वटा गाई र ४ वटा गोरु समात्यो। सञ्चार माध्यमहरूले 'मासु प्रयोजनको लागि बिक्री गर्न लगिरहेको सूचनाको आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको' उल्लेख गरेका छन्।
    • यसरी गाई-गोरुहरू पश्चिम नेपालबाट मूलतः कोशी प्रदेश पुर्‍याउन भनेर लगिन्छ।
    • गाई राष्ट्रिय जनावर भएकाले कानुनतः व्यावसायिक प्रयोजनको निम्ति विदेश आयात निर्यात गर्न पाइँदैन।
    • एउटा जिल्लाबाट अर्को जिल्ला लग्न पाइन्छ। त्यसको निम्ति वडा/पालिकाको सिफारिस, स्वास्थ्य प्रमाणपत्र लगायतका कागजात आवश्यक हुन्छ।