एजेन्सी । संसारभर नै चियाका पारखीहरू छन् । नेपालमा त पछिल्लो समय नयाँ पुस्तामा पनि चिया संस्कृति बढेको छ । गल्ली-चोकहरूका चिया पसलहरूमा जेन-जी पुस्ता झुम्मिएको देख्न पाइन्छ ।

बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले एककप तातो चिया पिउन मन धेरैलाई लाग्छ । दिमाग तरोताजा पार्नदेखि थकान हटाउनसम्म, चिया हाम्रो जीवनशैलीको हिस्सा बनेको छ।

अफिस जाँदा वा साथीहरूसँग गफ गर्ने बेलामा, चियाले हरेक अवसरलाई विशेष बनाउँछ। नेपालमा त चिया केवल पेय पदार्थ मात्र होइन, भावना पनि हो, त्यसैले धेरै मानिसहरूको दिन चिया बिना सुरु हुँदैन।

तर थोरै ठाउँका चिया पसलले मात्र स्वादका कारण ग्राहकलाई तान्न सकिरहेका हुन्छन् । दिन २-४ कप चिया खानु सामान्य जस्तै भइसक्यो । तर घरदेखि पसलसम्म चिया बनाउने सही तरिका भने थोरैलाई मात्रै थाहा छ । 

सुरुमा के राख्ने – चियापत्ती, चिनी वा दूध?

चियाको स्वाद यसलाई कसरी बनाइन्छ भन्नेमा निर्भर हुन्छ । चियापत्ती, चिनी र दूध राख्ने सही समयले नै चिया कति स्वादिष्ट र परफेक्ट बन्नेछ भन्ने तय हुन्छ ।

मिठो चाय बनाउने तरिका

पहिलो चरण: पानी र पत्ती

चिया बनाउन सुरु सधैं पानीबाट हुन्छ। प्यानमा पानी राखेर उमाल्नुहोस्। पानी उम्लिएपछि मात्र चियापत्ती राख्नुहोस्। यसलाई करिब ५ मिनेटसम्म उमाल्न दिनुहोस्। चाहँदा अदुवा वा अलैंची पनि राख्न सकिन्छ, जसले चियाको स्वाद अझै विशेष बनाउँछ।

दोस्रो चरण: चिनी कहिले राख्ने?

धेरै मानिसहरूले दूध राखेपछि चिनी राखेर गल्ती गर्छन् । सही समय भनेको पानी र पत्ती उम्लिसकेपछि हो। जब फ्लेवर पानीमा राम्रोसँग आउँछ, त्यसपछि चिनी राखेर राम्रोसँग घुल्न दिनुहोस्।

तेस्रो चरण: दूध राख्ने सही समय

चिनी घुलिसकेपछि मात्र दूध राख्नुहोस्। त्यसपछि चियालाई मध्यम आगोमा ५ मिनेटसम्म पकाउन दिनुहोस्। बिस्तारै चियाको रङ्ग गाढा हुनेछ र टेस्ट ब्यालेन्स्ड हुनेछ। यही हो परफेक्ट चियाको वास्तविक रहस्य।

मानिसहरूले गर्ने सामान्य गल्तीहरू

  • सबै कुरा एकसाथ राख्नु – पानी, दूध, पत्ती र चिनी एकसाथ राख्दा चियाको स्वाद बिग्रन्छ।
  • धेरै लामो समयसम्म उमाल्नु – धेरै उमाल्दा स्वाद बढ्ने होइन, चिया कडा हुन्छ र ग्यास–एसिडिटी बढ्न सक्छ।
  • धेरै पत्ती राख्नु – बढी कडा चियाका लागि पत्ती राख्दा स्वाद बिग्रिन्छ र स्वास्थ्यमा असर पर्न सक्छ।

स्वास्थ्य र चियाको सम्बन्ध

सही तरिकाले बनेको चियाले हामीलाई ताजगी र ऊर्जासँगै मूड बूस्ट गरिदिन्छ। गलत तरिकाले बनेको चियाले पेटको समस्या र एसिडिटी बढाउन सक्छ। त्यसैले सधैं सन्तुलित मात्रामा पत्ती, दूध र चिनी प्रयोग गर्नुहोस्।

(स्वास्थ्य सम्बन्धी साइटहरूको सहयोगमा)