काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दोलनरत युवालाई सेमेटेर अन्तरिम सरकार बनाउनुपर्ने सुझाव दिएको छ ।

प्रवक्ता मनिषकुमार सुमनले वक्तव्य जारी गरी धैर्यतापूर्वक वार्ता र संवादको माध्यमबाट परिस्थिति सम्हाल्नुपर्ने उल्लेख गरेका छन् ।

सँगै जसपा नेपालले एतिहासिक उपलब्धिहरू गुम्न दिन नहुन पनि सचेत गराएको छ।

‘कुनै पनि खालको अतिवादी तथा प्रतिगमनकारी चिन्तन, व्यवहार र चलखेल हुन नदिन ध्यान पुर्‍याउन जरुरी छ,’ वक्तव्यमा छ।