कुलान्नद यादव - विराटनगर । नोबेल टिचिङ्ग हस्पिटलका विद्यार्थीहरूले हालै शहीद भएका Gen Z आन्दोलनकारीलाई शुक्रबार हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। क्याम्पस प्राङ्गणमै भेला भएका विद्यार्थीहरूले दीप प्रज्वलन गर्दै मौन धारणमार्फत दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।
विद्यार्थी प्रतिनिधिहरूले शहीदको बलिदान व्यर्थ नजाने विश्वास व्यक्त गर्दै न्याय, समानता र परिवर्तनको यात्रामा निरन्तर साथ दिने प्रतिज्ञा गरेका छन्।
श्रद्धाञ्जली कार्यक्रममा उपस्थित विद्यार्थीहरूले भने, “सहिद Gen Z युवाहरू हाम्रो हृदयमा सदैव जीवित रहिरहनेछन्। उनको सपना पूरा गर्नु नै हाम्रो कर्तव्य हो।”


















